विदेशबाट थाहानगर भित्रिएकाहरुको घरघरमै डाक्टर पुगे
मकवानपुर थाहा नगरपालिकामा विदेशबाट आएका नागरिकहरुरुको स्वास्थ्य अवस्था बुझ्नको लागि घरघरमै डाक्टर खटिएका छन् । थाहा नगरपालिकालाई कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि यस्तो कार्य अघि सारिएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए ।
थाहा नगरपालिकाको वडा नम्बर ६ र ७ मा २७ जना विदेशबाट आएकाहरुको स्वासथ्य परीक्षण समेत गरिएको पालुङ प्राथमिक स्वस्थ्य केन्द्रका डाक्टर सुबोध चापागाइले जानकारी दिए ।
थाहा नगरपालिकाको वडा नम्बर ७ मा मात्र १४ चैतमा १७ जनालाई घरभेट गरिएको र स्वासथ्य अवस्था तथा ट्राभल हिस्ट्री लिइएको डाक्टर चापागाइले जानकारी दिए ।
त्यस्तै थाहा नगरपालिका वडा नम्बर ६ मा १० जना विदेशबाट आएकाहरुको स्वास्थ्य परीक्षण तथा हिस्ट्री लिइएको डाक्टर उदय रोक्काले जानकारी दिए । परीक्षण गरिएकाहरको अवस्था सामान्य रहेको डाक्टर रोक्काको भनाइ छ ।
स्वास्थ्यकर्मीहरुको टोलीमा डाक्टर सहित अन्य स्वास्थ्यकर्मीहरु पनि खटिएका थिए ।

बाइलाइन नेपाल











