थाहानगरमा क्वारेन्टाइन संचालनको अन्तिम तयारी

बाइलाइन नेपाल
१५ चैत्र २०७६, शनिबार १६:४९

थाहा नगरपालिकाले कोभिड–१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका लागि बनाइएको क्वारेन्टाइन संचालनको अन्तिम तयारी भएको छ ।

क्वारेनटाइनका लागि आवश्यक स्वास्थ्यकर्मीको टोली खडा गरिसकेको छ भने आवश्कयक मेडिकल औजार तथा अन्य सामाग्री  आइपुगिसकेको स्वस्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।

अध्याय रिसोर्टले उपलब्ध गराएको भवन र स्थानमा क्वारेन्टाइन डाक्टर सहित राखिने हुँदा कोही विरामी परेमा वा मिल्दोजुल्दो लक्षण देखा परेमा पनि कोरोना रोकथाम नियन्त्रण समन्वय समिति थाहा नगरपालिकाको सचिवालयमा खबर गर्न नगर प्रमुख लवशेर विष्टले अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*