कोरोना त्रासः हेटौँडाका मन्दिरमा ताल्चा,पूजापाठ बन्द

बाइलाइन नेपाल
१५ चैत्र २०७६, शनिबार १५:४६

कोरोना भाइरसको नियन्त्रण तथा त्यसबाट सुरक्षित हुन सरकारले घोषणा गरेको लक डाउनका कारण वाग्मती प्रदेशकोराजधानी हेटौँडामा महत्वपूर्ण धार्मिकस्थलमा पूजापाठ बन्द गरिएको छ।

हेटौडा ४ स्थित पशुपतिनाथ मन्दिर तथा भुटनीदेवी मन्दिरलगायत अन्य महत्वपूर्ण मन्दिरमा तालाबन्दी गरी पूजापाठ बन्द भएको छ ।

तीमन्दिरको मुख्यद्वारमा सूचना टाँसेर पूजापाठ बन्द भएको जनाइएको छ । आज मन्दिरमा पूजापाठका लागि पुगेका दर्शनार्थी फर्किएको बताइएको छ ।

पूजापाठका लागि आउने भक्तजनको भीडभाड बढी हुने भएकाले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न मन्दिरको पूजापाठअनिश्चितकालका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

पत्रपत्रिका बन्द

हेटौँडाबाट प्रकाशित हुने आधा दर्जन स्थानीय पत्रपत्रिका पनि बन्द भएका छन् । लक डाउनको आज पाँचौँ दिन पनि हेटौँडाका मुख्यबजार र गल्ली सुनसान छन् ।

दूध, फलफूल, तरकारी तथा फोहर बोकेका गाडीमात्र चलेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लकडाउनको अवज्ञा गर्ने विगत पाँच दिनमा २०० बढी सवारी साधनलाई कारवाहीगरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*