अस्ट्रेलियामा चार नेपालीमा कोरोना भइरस संक्रमणको पुष्टि

बाइलाइन नेपाल
१५ चैत्र २०७६, शनिबार १५:३८

अस्ट्रेलियामा चार जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् ।राजधानी सिड्‌नीमा रहेका ४ जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका नेपाली दूतावासले पुष्टि गरेको छ । उनीहरुसबै विद्यार्थी हुन् ।

दूतावासका अनुसार संक्रमित सबै नेपाली युवतीहरु भएको र उनीहरु सेल्फ क्वारेन्टनाइनमा रहेका छन् ।

सिड्‌नीको ग्रान्भिलमा एउटै कोठामा बस्ने ४ जनामध्ये एकलाई केही दिन पहिले संक्रमणको लक्षण देखिएको थियो भने अन्य २ जनाकोपनि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

यस्तै सिड्नीमै बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत भाइरसको संक्रमण देखिएको छ । हाल उनको स्वास्थ्य सामान्य रहेकोदूतावासले जनाएको छ।

यसअघि सिड्नीमै एक नेपाली विद्यार्थी कोरोनाबाट संक्रमित भएपनि उनी अहिले पूर्ण स्वस्थ भएर घर फर्किसकेका छन्।

यसैबीच नेपाली दूतावास अस्ट्रेलियाले संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउन नेपाली विद्यार्थीलाई आग्रह समेत गरेको छ।

शनिबार दिउँसोसम्म अस्ट्रेलियामा ३ हजार ५ सय ७३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये हालसम्म १४जना मानिसले ज्यान गुमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*