केदार चौलागाईंले दिए वडा कार्यालयलाई आफ्नो सवारी

बाइलाइन नेपाल
१५ चैत्र २०७६, शनिबार १५:२४

हेटौंडा । विश्वमा आंतक मच्चइरहेको कोरोना भाइरसको रोकथाम तथा अनुगमनका लागि सहयोग मन नेपालका अध्यक्ष केदार चौलागाईंले आफ्नो निजी सवारीसाधन हेटौंडा उपमहानगरपालिका वडा १५ नम्बर वडालाई दिएका छन् ।

कोरोना नियन्त्रणका लागि सरकारले आव्हान गरेको लक डाउनको समयभर उक्त सवारीसाधन वडा कार्यालयले प्रयोग गर्न पाउने गरी चौलागाईले आज शनिबार वडा अध्यक्ष महारत्न लामालाई साचो बुझएका हुन् ।

कोरोना भाइरसको संक्रमण सुरु हुने बिीत्तकै देखि सहयोगी मन नेपालको माध्यमबाट जिल्लाका विभिन्न स्थानमा माक्स, डिटोल तथा साबुन निःशुल्क वितरण गर्दै आएका हेटौंडा–६ निवासी चौलागाईले आफुले प्रयोग गर्दै आएको बा.१३ च १०२३ नम्बरको टाटासुमो वडा कार्याललाई दिएका हुन् ।

वडा कार्यालयलाई कोरोना भाइरसका रोकथाम तथा अनुगमनको काम गर्न सहज होस भन्ने उद्देश्यले सवारीसाधन दिएको चौलागाईंले बताए । वडा अध्यक्षलाई सवारीसाधन हस्तान्तरणको कार्यक्रममा वडा सदस्य तथा सहयोगी मन नेपालका दीपक तिवारी, नकुल प्याकुरेल, ज्ञानदास खतिवडालगायको सहभगिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*