विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा नराख्दासम्म कोरोनाको उच्च जोखिम
सरकारले कोरोना प्रभावित देशबाट आएका नेपाली नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गर्ने भनेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ हप्ताअघि यस्तो उद्घोष गरे पनि विदेशीबाट नेपाल फर्किएका व्यक्तिको सामान्य ज्वरो मात्र नापेर घर पठाइयो ।
सरकारले ६ मार्चबाट लागू हुनेगरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन चाहने नागरिकले अब अनअराइभल भिसा बन्द गरेको छ । दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकलाई सरकारले अनअराइभल भिसा बन्द गरेको थियो । यी देशबाट आउन विदेशी नागरिकका हकमा भिसा रोकिएको थियो । तर, नेपाली नागरिकका हकमा टिकट लिएको भए आउन अनुमति दिएको थियो ।
कोरोना संक्रमण फैलिएसँगै धेरै नेपाली विदेशबाट नेपाल फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरूको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा स्वास्थ्य परीक्षण गरे मात्र घर जान्न अनुमति दिएको मन्त्रालयको दाबी छ । तर, विदेशबाट आएका व्यक्तिले सामान्य ज्वरो परीक्षण मात्र गरेको गुनासो गदै घर फर्किएका थिए । सामान्य ज्वरो मात्र परीक्षण गर्ने घर जान्न दिएको विदेशबाट फर्किका व्यक्तिको भनाइ छ ।
विमानस्थलमा स्वास्थ्य परीक्षण किन भएन ?
नेपालमा ३ जना नागरिकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ । संक्रमण पुष्टि भएका व्यक्ति विदेशबाट फर्किएका छन् ।
सुरुमा कोरोना भाइरसको संक्रमण देखिएका व्यक्ति चीनबाट नेपाल आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी चीन अध्ययनका गएको जनाए पनि प्रष्ट खुलाइएको छैन । सुरुमा कोरोना लागेको व्यक्ति निको भएका छन् ।
यस्तै, यसैसाता २ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ । जसमा एक जना फ्रान्स अध्ययनका लागि गएर फर्किएकी युवती हुन् भने अर्को जना दुबई रोजगारीमा गएर घर बिदामा आएका व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए ।
उनीहरूसँग विदेशबाट आएका अधिकांस व्यक्ति स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा छन् । साथै उनीहरूसँग विदेशमा सँगै बस्ने साथीहरू पनि कोरोना लागेको आशंकामा स्वास्थ्य परीक्षणमा गदै होलान् ।
कोरोना भाइरसका लक्षण दुई हप्तापछि मात्र देखिने विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । तर, हाल कतारका पुरुष र फान्सबाट फर्किएकी महिला नेपाल आएको ५ दिनका दिन कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरू हाल उपचारत छन् । उनीहरू सम्बन्धित देशमै कोरोना भाइरसका संक्रमण भएर नेपाल फर्किएका आशंका स्वास्थ्य मन्त्रालयले गरेको छ ।
सरकारले विश्वमा कोरोना भाइरसका संक्रमण फैलिएसँगै विमानस्थल र नेपाल भित्रिने नाकाका कडाइ गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् । स्वास्थ्य, गृह र परराष्ट्र मन्त्रालयले समन्वयन गरेर कोरोना भाइरसको जोखिम नियन्त्रण गर्ने प्रयास गर्दा पनि केही सामान्य कम्जोरी भए पनि प्रयास र काम भइरहेको उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ताले डा. देवकोटाले भने जस्तो विदेशबाट फर्किएकका व्यक्तिमा कोरोना भाइरसका परीक्षण भने गरिएको छैन । जसका कारण विदेशबाट आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य विज्ञको भनाइ छ ।
क्वारेन्टाइनका विषयमा सरकार नै अस्पष्ट
सरकारले मार्च पहिलो सातादेखि विदेशबाट आउने नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्न भनेको थियो । तर, कहाँ कसरी क्वारेन्टाइनमा भन्ने विषयमा सरकार नै प्रष्ट थिएन ।
कोरोना भाइरस प्रभावित देशबाट आएका नेपाली नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्ने भनिएको थियो/छ । विदेशबाट फर्किएका व्यक्तिलाई सेल्फ क्वारेन्टाइनमा कसरी बस्ने भने विषयमा सरकारले प्रष्ट पार्ने नसकेको सरोकारवालाको भनाइ छ ।
सरकारले विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न लकडाउन गर्नु सकारात्मक भएको युवा तथा रोजगारविज्ञ डा. गणेश गुरुङ बताउँछन् । कोरोना भाइरसविरुद्ध विश्व हाल युद्ध लडिरहेको छ । नेपाल सरकारले पनि यसका सम्भवानासँगै चुनौतीबाट सचेत भएर काम गरिरहेको डा. गुरुङले बताए ।
‘सरकारले विदेशमा रहेका नेपाल आउन रोक लगाउन विषयमा केही समय ढिलाइ गरेको हो । सेल्फ क्वारेन्टाइनका विषयमा पनि सवसाधारण बुझाउन सकेन । जसका कारण केही हेल्चेक्याइ चाहीँ भएको छ’ उनले भने, ‘हालसम्म नेपालमा कोरोना भाइरसको महामारी देखिएको छैन । जसका कारण यो महामारीबाट जोगिन सबै सचेत हुनुपर्छ । सेल्फ क्वारेन्टाइन हामी सबैको आवश्यकता हो ।’
कोरोना प्रभावित देशबाट फर्किएका नागरिक बसोबास गर्ने व्यक्तिलाई स्थानमा सरकार र त्यहाँ नागरिक सचेत हुनुपर्ने उनको भनाइ छ । उनका अनुसार सेल्फ क्वारेन्टाइनका विषयमा अझै पनि व्यक्ति अविज्ञ देखिन्छन् । जसका कारण धेरै घरमा क्वारेन्टाइनमा बस्न नसकेको बाहिरतिर हिँड्ने गरेको पाइन्छ ।
सरकारले वैदेशिक रोजगारी, अध्ययन र अन्य कामले विदेशमा बसोबास गरेर फर्किएका व्यक्तिमा कोरोना परीक्षण गर्ने ध्यान नदिँदा कोरोना भाइरसको जोखिम नेपालमा बढेको सर्वसाधारणको गुनासो छ । साभारः शिलापत्र डटकमबाट

बाइलाइन नेपाल











