भीमफेदी गाउँपालिकाले सार्वजनिक गर्यो विदेशबाट आउनेहरुको नाम, अरु स्थानीय तह किन मौन ?
हेटौंडा । मकवानपुरमा रहेका स्थानीय मध्ये भीमफेदी गाउँपालिकाले पहिलो पटक चैत महिना लागेपछि विदेशबाट आउनेहरुको नामावली सार्वजनिक गरेको छ । गाउँपालिकाले काम तथा अधययनका सिलसिलामा विभिन्न देश गएका तर कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि घर फर्किएकाहरुको नामावली सार्वजनिक गर्दै एकान्तवास बस्न र स्वास्थ्य परीक्षण गर्न आग्रह गरेको छ ।
गाउँपालिकाका अध्यक्ष हिदम लामाले बिहीबार १२ जना र आज शुक्रबार ३ जनाको नाम सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेका हुन् । भीमफेदीले विदेशबाट आउनेहरुको नाम सार्वजनिक गरेर विदेशबाट आउनेसहित परिवार र सम्पर्कमा आएकाहरुको स्वास्थ्य परीक्षण गर्न आगह गरेको छ ।
गाउँपालिकाका अध्यक्ष लामाले सामाजिक सञ्जालमा विदेशबाट आउनेको नामावली सार्वजनिक गर्दै लेखेका छन्ः– आदरणीय भीमफेदी गाँउपालिकाका आमाबुवा दिदीबहिनी दाजुभाईहरु हाम्रो थोरै प्रयासमा निम्नानुसारका दिदीबहिनी दाजुभाईहरु हालसालै बिभिन्न देशहरुवाट घर गाउँमा फर्केको आधिकारिक सूचना प्राप्त गरेका छौ। उँहाहरु बाहेक अरु पनि हुन सक्छन्, भएमा गाउँपालिकामा खबर गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। म आशा गर्छु बिदेशबाट फर्किनु भएका कसैलाई संक्रमण भएको नहोस् । म अनुरोध गर्छु तपाईहरु र सम्पुर्ण परिवारका सदस्यहरुले एकपटक सबैले स्वास्थ्य परीक्षण गर्नुहोस् । र बिदेशबाट फर्केका सम्पुर्णले आफ्नै घरमा भएपनि सुरक्षित साथ एकान्त बास बस्नुहोस् । सबैले सहयोग गरौः आफु पनि बाचौ, अरुलाई पनि बचाऊ ।
भीमफेदी गाउँपालिकाले विदेशबाट आएका आफ्ना गाउँबासीको तथ्याङ्क संकलन गर्ने र सार्वजनिक गर्दै स्वास्थ्य परीक्षणका लागि आग्रह गरिरहँदा मकवानपुरका अरु स्थानीय तह भने मौन रहेका छन् । अहिलेसम्म नेपालमा विदेशबाट आएका नेपालीमा मात्र कोरोनाको लक्षण देखा परेको छ । तर विदेशबाट आएकाहरुको यकिन तथ्याङ्क मकवानपुरका स्थानीय सरकारसँग छैन ।
सबै स्थानीय तहले आफ्नो क्षेत्रमा विदेशबाट आएकाहरुको पहिचान गरेर स्वास्थ्य परीक्षण गर्ने काम गरे कोरोनाको संक्रमणमा रोकथाम हुने थियो । यसो हुन नसके यसले भयावह अवस्था सिर्जना गर्ने छ ।

थप बिवरण
१ । प्रमिला राई (मकाउबाट ) टौबास भीमफेदे १– चैत्र ७ गते
२। दिनेश राना (कतारबाट) धोर्सिङ भीमफेदी– ६े
३। प्रकाश ठकुरी ( कतारबाट) निवुवाटार– भीमफेदी– ४

बाइलाइन नेपाल











