अब आधा सिलिण्डर मात्र ग्यास पाइने

बाइलाइन नेपाल
१३ चैत्र २०७६, बिहीबार १५:३९

ग्यास अभाव हुन नदिन सरकारले आधार सिलिण्डर मात्र ग्यास बजारमा पठाउने तयारी गरेको छ ।

भारतले समेत लकडाउन गरेपछि आयातमा असर परेको ठहर गरेको सरकारले नेपाल आयल निगमलाई सोही अनुरुपको तयारी गर्न निर्देशन दिएको बुझिएको छ ।

सरकारले त्यस्तो निर्देशन दिएलगत्तै नेपाल आयल निगमले पनि उद्योगहरुलाई हाल बजारमा गइरहेको १४.२ केजीको परिमाणको साटो ७.१ केजीको परिमाणमा मात्र ग्यास रिफिल गर्न आग्रह गरेको ग्यास उद्योगीहरुले बताएका छन् ।

आयल निगमले बुधबार राति यस्तो निर्देशन दिएपछि उद्योगीहरु त्यसैको तयारीमा लागेको ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले जानकारी दिए ।

यसअघि २०७२ सालमा भारतले नाकाबन्दी लगाउँदा पनि बिषम परिस्थिती आएपछि आधा सिलिण्डर मात्र ग्यास वितरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*