प्रदेश सरकारले स्थापना गरेको आपतकालिन कोषमा क-कसले गरे आर्थिक सहयोग ? (नामावलीसहित)

बाइलाइन नेपाल
१३ चैत्र २०७६, बिहीबार ०८:४१

हेटौंडा । बाग्मती प्रदेश सरकारले कोरोना भाईरस उपचार कोषको स्थापना गरेको छ । प्रदेश सरकारले १० करोडसहितको आपतकालिन उपचार कोषको स्थापना गरेको हो ।

विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोग नियन्त्रणका लागि विशेष अभियान संचालनका लागि कोषको स्थापना गरिएको सरकारले जनाएको छ । कोषमा प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री सांसद देखि निजी क्षेत्र, व्यक्ति र विभिन्न संघ संस्थाले आर्थिक सहयोग गरिरहेका छन् ।

हालसम्म सहयोग गर्नेको नामावलीः–

१) बाग्मती प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब कोषमा जम्मा गर्ने घोषणा ।

२) बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले एक महिनाको तलब सहयोग गर्ने घोषणा ।

३) बाग्मती प्रदेशका नेकपाका संसादले १५ दिनको तलब दिने घोषणा । ( बाग्मती प्रदेशमा नेकपाका ८० जना सांसद छन् । )

४) बाग्मती प्रदेश नेपाली कांग्रेसका सांसदले ७ दिनको तलब दिने घोषणा । ( बाग्मती प्रदेशमा कांग्रेसका २२ जना सांसद छन् ।)

५) हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशीले १० लाख दिने घोषणा । ( उनले २ लाख जिल्ला समन्वय समितिको कोषमा दिने बताएका छन् ।)

६) राष्ट्रिय युवा परिषद् मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले मासिक सुविधा बापत चैत महिनाको २० हजार रुपैयाँ दिने घोषणा । (उनले नेपाल सरकारले स्थापना गरेको कोषमा जम्मा गरेका हुन् ।)

७) रोहिणी हाउजिङका सञ्चालकहरुले एक लाख रुपैयाँ दिने घोषणा ।

८) कपडा तथा तयारी पोशाक व्यवसायी  संघ मकवानपुरले ५० हजार दिने घोषणा ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*