मकवानपुरको मनहरीमा एक जनालाई कोरोना आशंका, भरतपुर रिफर
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका निवासी एक जना युवकलाई कोरोना आशंका गरिएको छ । केही दिन अघि मात्र नेपाल आएका युवकलाई कोरोनाको आशंका गर्दै भरतपुर रिफर गरिएको छ ।
करिब २५ बर्ष युवकलाई एक्कासी ज्वरो आएपछि मनहरी स्वास्थ्य केन्द्र जाँचाउन गएका थिए । स्वास्थ्य केन्द्रले कोरोना हुनसक्ने आशंका गर्दै कोरोना विशेष अस्थायी अस्पताल भरतपुर रिफर गरेको जनाएको छ ।
कोरोना संक्रमण भएको पुष्टी भएर उपचार गराइरहेकी १९ वर्षीय युवती आएकै दिन युवक पनि कतारबाट नेपाल आएको स्वास्थ्यलाई उनले जानकारी दिएका छन् । संक्रमण भएकी युवती केहि दिनअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् ।
रिफरसँगै आशंका गरिएका युवकलाई कोरोना अस्थायी अस्पतालको आइसुलेशन वार्डमा राखिएको छ । उनी विदेशबाट ७ चैतमा मनहरी आइपुगेका थिए ।

बाइलाइन नेपाल











