कोरोना त्रासः बाग्मती सरकारद्वारा १० करोडको आपतकालिन कोषको स्थापना

बाइलाइन नेपाल
११ चैत्र २०७६, मंगलवार १७:५२

हेटौंडा । बाग्मती प्रदेश सरकारले कोरोना भाईरस उपचार कोषको स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोडको आपतकालिन उपचार कोषको स्थापना गरेको हो ।

विश्वभर नै महामारीको रुपमा फैलिएको यो रोग नियन्त्रणका लागि विशेष अभियान संचालनका लागि कोषको स्थापना गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

उक्त कोषमा रकम जम्मा गर्न सरकारले सर्बसधारणलाई समेत आव्हान गरेको छ । यसैगरी आज नै भएको बैठकमा प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

यस्तै, आजै बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले एक महिनाको तलब सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*