नेपाल बन्दमा के चल्छन्‚ के चल्दैनन् ?

बाइलाइन नेपाल
१० चैत्र २०७६, सोमबार २१:०१

सरकारले मंगलबार (११ गते)देखि लागू हुने गरी अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरसको जोखिम रोक्नका लागि सरकारले संक्रामक रोग ऐन २०२० को व्यवस्थाअनुसार मंगलबार बिहान ६ बजेदेखि १८ गते सम्मका अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन आदेश दिएको छ।

के के सुचारु रहने ?

सुरक्षाकर्मी र तोकिएका वायुयान, अत्यावश्यक ढुवानीका सवारी साधन, प्रेस औषधि दूध, खानेपानी र इन्धनका सवारी साधन, औषधि र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग तथा सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, सञ्चार, भन्सार र क्वारेन्टाइन कार्यालय।

के के रोकिए ?

व्यावसायिक आन्तरिक उडान, सार्वजनिक यातायात, अत्यावश्यकबाहेकका सम्पूर्ण निजी क्षेत्रका उद्योग बन्द गरिने, सर्वसाधारण व्यक्ति घरबाट बाहिर निस्कन नपाइने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*