फ्रान्सबाट आएकी एक नेपालीमा कोरोना संक्रमण पुष्टि, टेकुमा उपचार गरिँदै
फ्रान्सबाट कतार ट्रान्जिट भएर आएकी एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा कोरोना संक्रमण देखिएको पुष्टि गरिएको छ ।
१९ वर्षीय महिला विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको उनले बताए ।
‘गत मंगलबार चैत्र ४ गते कतारको दोहाबाट आएका र होम क्वारेन्टाइनमा राखिएका व्यक्तिको रिपोर्ट पोजेटिभ देखिएको छ’ पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए । उनको टेकु अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
नेपालमा यसअघि एक जनामा संक्रमण देखिएको र उनी निको भएर घर फर्किसकेका छन् ।

बाइलाइन नेपाल











