पूर्वीपहाडी भेगमा मेघगर्जनसहित बर्षा हुने

बाइलाइन नेपाल
१० चैत्र २०७६, सोमबार ०७:३८

नेपालमा पश्चिमी वायु स्थानीय वायुको प्रभाव कायम रहेकाले आज अपरान्ह पहाडी भेगमा बर्षाको पूर्वानुमान गरिएको छ ।

विशेष गरी देशका पहाडी भू-भागमा सामान्य बदली भई मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य स्थानको समेत मौसममा बदलीको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ । राति पनि देशको पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षा एवं पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्क रहन आह्वान समेत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*