सीमा बन्द भएपनि पेट्रोलियम ढुवानी नरोकिने

बाइलाइन नेपाल
९ चैत्र २०७६, आईतवार २१:४५

सरकारले गरेको निर्णय बमोजिम भोलि (चैत १० गते सोमबार) देखि नेपालको चीन र भारत सीमा बन्द भएपनि पेट्रोलिय ढुवानी सेवा भने सञ्चालन हुने भएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको ढुवानीमा कुनै रोक नलगाइने जनाएका छन् ।

पेट्रोलियम पदार्थ सहज आपूर्ति सम्वन्धमा शीर्षकमा पौडेलले जारी गरेको सूचनामा लेखेका छन्, ‘नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ चैत्र १० देखि सात दिनसम्मका लागि नेपाल चीन तथा भारत तर्फका सीमाहरु तत्काल वन्द गरिने निर्णयमा मानिसहरुको आवागमनमा रोक लगाईको तर अत्यावश्यक सेवाको कारोवार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने जानकारी सम्पू्र्ण सवैलाई सूचित गरिन्छ। साथै निगमका आ-आफ्ना क्षेत्रका कार्यलप प्रमुख तथा ढुवानी व्यावसायीहरुले स्थानिय प्रशासन तथा भंसारसँग समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारुराख्न हुन समेत जानकारी गराईन्छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*