भोलि उपत्यकाबाट कुनै पनि सवारी साधन बाहिरिन नपाउने

बाइलाइन नेपाल
९ चैत्र २०७६, आईतवार २१:४०

काठमाडौं । सोमबार सवारी साधनलाई एक शहरबाट अर्को शहर प्रवेशमा रोक लगाइएको छ । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले एम्बुलेस र प्रेस वाहेका सवारीलाई एक शहरबाट अर्को शहरा रोक लगाइएको जनाकारी दिए ।

उनका अनुसार भोलि उपत्यकाबाट एम्बुलेस र प्रेस बाहेकका सवारी बाहिर जान पाउने छैन ।

जसमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सबै सवारीलाई रोक लगाएको छ । उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन सबै नागरिकलाई घर बाहिर ननिस्कन आग्रह पनि गरे । यस्तै उनले काठमाडौं भित्र पनि सवारी साधन नचलाउन अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*