भोलिदेखि भारत र चीनतर्फको नाका बन्द गर्ने सरकारको निर्णय
बाइलाइन नेपाल९ चैत्र २०७६, आईतवार २०:२१
सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो ।
स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ ।
यसअघि आजबाट अन्तर्राष्ट्रिय उडान र भोली १० गतेबाट लामो दुरीको सवारीसाधन सञ्चालनमा सरकारले रोक लगाइसेकेको छ ।













