फलफूलको बोटमा ढकमक्क मञ्जर
हेटौंडा । यसवर्ष फलफूलका बोटमा ढकमक्क मञ्जर (फूल) लागेका छन् । आँप, लिचि, आरु, कागतीसहितका फलफूलका बोट फूलले छोएिका छन् । बोटविरुवामा अघिल्ला वर्षको भन्दा दोब्बर फूल फुलेको मकवानपुरका किसानले बताएका छन् । पहाडी तथा तराईका अधिकांश क्षेत्रमा यसवर्ष फलफूलको बोटमा फूल फुलेको जनाइएको छ । व्यवसायिक रुपमा आँप, लिची, कटहरलगायतका खेती गर्ने किसानको मुहारमा फूलसँगै खुशी फुलेको छ । तर पनि उनिहरुलाई हुरीवतास र असिनाले पुर्याउने क्षेतीको पनि चिन्ता उस्तै छ ।

बाइलाइन नेपाल











