कोरोना संक्रमणबारे भाइरल अडियोको अनुसन्धान गर्दै प्रहरी

बाइलाइन नेपाल
८ चैत्र २०७६, शनिबार ११:३७

सामाजिक सञ्जालमा भाइरल बनेको कोरोना संक्रमणबारेको अडियोका विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

उपचाररत ६ जनामा कोरोनाको संक्रमण फैलिएको अडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले अनुसन्धान थालेको महानगरीय प्रहरी पसिरका काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए ।

अहिलेसम्म कोरोनाको कुनै बिरामी कुनै पनि अस्पतालमा नभएको अस्पताल प्रशासनहरुले बताएको जनाउँदै प्रहरीले अडियोका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

सरकारले पनि कोरोनाबारे सचेत रहन तर त्रसिद नबन भन्दै सावधानी अपनाउन आग्रह गरिरहेका बेला सार्वजनिक भएको अडियोले त्रास फैलाएको भन्दै प्रहरीले अडियो सार्वजनिक गर्ने व्यक्तिलाई खोजी गरेर सत्यतथ्य बाहिर ल्याउने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*