चैत ९ गतेदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

बाइलाइन नेपाल
७ चैत्र २०७६, शुक्रबार १८:३८

कोभिड १९ को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामूदायिक तथा नीजि नीजि सेवा प्रदायक संघ संस्थबाट प्रदान गरिने सेवा बन्द गर्ने घोषणा गरेको छ ।

नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गर्ने घोषणा गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुबाहक सवारी साधन बन्द गर्ने निर्णय गरिएको पनि जानकारी दिए ।

मानिसको भीडभाड हुने सिनेमा हल आदि बन्द गरिनुका साथै विद्यालय र विश्वविद्यालयको पठन पाठन र परीक्षा स्थगित गरिएको पनि उनले जानकारी दिए ।

यो असहज अवस्थालाई सामँन्य बनाउन सरकार प्रयत्नशील रहेको पनि उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*