विश्वविद्यालयका परीक्षा पनि स्थगित गर्ने सरकारको निर्णय

बाइलाइन नेपाल
५ चैत्र २०७६, बुधबार २०:२६

काठमाडौं । सरकारले विश्‍वविद्यालयमा चैत महिनामा हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित भएको जानकारी दिएका हुन् ।

उनले सीटीईभीटीको पनि परीक्षा स्थगित गरिएको उनले बताए । एउटा परिक्षाका लागि जोखिम नमोलौ भनेर सबै परीक्षा स्थगित गर्ने निर्णयमा पुगेको मन्त्री पोखरेलको भनाइ छ ।

उनले भने, ‘यो निर्णयले परीक्षाको तयारी गरेर बसेका विद्यार्थी र अभिभावकलाई केही अप्ठ्यारो परेको छ । तर यो विपतको बेलामा कुनै पनि बेला यस्तो निर्णय हुनसक्छ भनेर भन्दै आएका थियौँ ।’ तर उनले विद्यार्थीले पढाइ जारी राख्न आग्रह गरे ।

सरकारले बिहीबारदेखि हुन लागेको एसईई परीक्षा पनि स्थगित गर्ने निर्णय गरिसकेको छ । यसअघि बुधबारै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्‍वविद्यालय, बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*