२० हजार घुससहित विद्युत प्राधिकरणका सुपरभाइजर पक्राउ

बाइलाइन नेपाल
३ चैत्र २०७६, सोमबार १७:३५

नेपाल विद्युत प्राधिकरणको रत्नपार्क (काठमाडौं) वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर २० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

जडित विद्युत लाइनमा क्षमता बृद्धिको मिटर जडानका लागि सेवाग्राहीसँग लिएको घुससहित इलेक्ट्रिकल सुपरभाइजर कैलाश प्रसाद दाहाल पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दाहाललाई घुससहित पक्राउ गरेको हो ।

दाहाललाई नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्रबाटै पक्राउ गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*