जब श्रीमानले नै श्रीमतीलाई बलात्कार गरे…

बाइलाइन नेपाल
३ चैत्र २०७६, सोमबार १७:१४

सिन्धुपाल्चोक । संगै मर्ने, बाँच्ने कसम खाएका श्रीमान श्रीमती बिच सबै कुरा आपसी समझदारीमा नै हुने गर्दछ । तर नेपाली समाजमा कहिले काँही श्रीमानले श्रीमतीसँग ‘जर्बजस्ती’ सम्बन्ध राख्ने गरेका घटनाहरु सुनिने गरेका छन् । सिन्धुपाल्चोकमा पनि सँगै बाच्ने, मर्ने कसम खाएका श्रीमान श्रीमती बिच ‘जर्बजस्ती’ को सम्बन्ध भएपछि श्रीमती न्याय माग्न प्रहरी कार्यालय सम्म आइपुगेकी छन् ।

जिल्ला प्रहरी कार्यालयमा जर्बजस्ती यौन सम्र्पकका घटनाहरु धेरै आउने गरेपनि आफ्नै श्रीमानले जर्बजस्ती त्यो पनि ‘अप्राकृतिक’ यौन सम्र्पक गरेपछि हिसां सहन नसकी श्रीमानको विरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक हेर्ने हो भने आफ्नै श्रीमानको विरुद्ध श्रीमतीले जर्बजस्ती करणीमा मुद्दा दर्ता गरेको यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए ।

यस्तो थियो घटना विवरण
स्थानीय स्वास्थ्य संस्थामा कार्यरत ‘बलेफी ण’ (प्रहरीले राखेको नाम) सँग कार्यालयमा नै गएर चौतारा ‘एम’ ले (प्रहरीले राखेको नाम) तिमी सँग विवाह नभए मरिदिन्छु भनेर पटक पटक घुर्की लगाउने र आफ्नो घरमा आएर परिवारसँग पनि यही कुरा गरेपछि केटा पक्षको परिवारको सहमतीमा २०७५ माघ १४ गते भक्तपुरको गणेश मन्दिरमा उनको विवाह भएको थियो ।

विवाह भएको केही साता उनीहरु बिच राम्रै सम्बन्ध भएपनि त्यसपछि भने श्रीमानले शारीरिक र मानसिक यातान दिन सुरु गरेको ‘बलेफी ण’ (प्रहरीले राखेको नाम) ले प्रहरी कार्यालयमा दर्ता गराएको उजुरीमा भनेकी छन् । विवाह भएको केही समयपछि कुटपिट हुन थाल्यो, तँसँग जिवन चल्दैन भनेर मलाई बेस्मरी कुट्न थाले उनले भनेकी छन्–‘असाध्यै भएपछि काठमाडौं प्रहरीमा जाहेरी दिएर अब आइन्द यस्तो नगर्ने सहमतीमा छाडेको थियो तर उसको बानी सुधार भएन ती महिलाले भनिन् ।

त्यसपछि पनि श्रीमानले आफुलाई ‘यौनिक’ याताना दिन सुरु गरेको उनले बताइन् । मादक पदार्थ सेवन गरेर मलाई दिनहुँ बलात्कार झै गर्ने गर्दथ्यो पीडितले भनिन्–‘एक पटक महिनावरी रोकियो । गर्भ बसेछ, तर मलाई के के औषधी खाना दिएपछि गर्भ पनि तुहियो ।’ गर्भपतन भएपछि गम्भीर बिरामी हुँदा समेत आफ्नो इच्छा विपरीत श्रीमानले जर्बजस्ती गरेको उनले बताइन् । ‘म बिरामी थिए, तर बिरामी हुँदा पनि कहिले गुद्धार त कहिले मुखमा मैथुन गर्न थाले’, उनले भनिन् ।

बिरामी हुदा यस्तो नगर्नु भन्दा श्रीमानले तँसंग मस्ती गर्ने हो । मैले जे चाह्यो त्यो हुनुपर्छ भन्दै अप्राकृति मैथुन गर्ने गरेको पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । यस्ता कुरा कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएपछि कसैलाई नभनेको उनले बताइन् ।

धेरै पटक माइतीमा गएर आफुलाई भएको पिडा बताउन खोजे तर सकिन पीडित महिलाले जाहेरीमा भनेकी छन् । पछिल्लो पटक फागुन २१ गते बेलुकी चौतारा साँगाचोकगढी नगरपालिकाको ठुलोसिरुवारीमा रहेको कोठामा गएर श्रीमानले जर्बजस्ती गरेका थिए । ‘म सञ्चो नभएर सुतिरहेको थिएँ । राती मादक पदार्थ सेवन गरेर आएर मेरो लुगा जर्बजस्ती खोलेर अप्राकृति मैथुन सुरु गरेको उनले बताइन् । ‘त्यसपछि मैले श्रीमानबाट छुट्नका लागि धेरै प्रयन्त गरे तर सकिन । मलाई त्यो रात बेस्सरी कुटेपछि म बेहोस भएछु, बिहान बिउझदा अस्पतालमा रहेछु’ उनले भनिन् ।

कसैले सोधेमा खाटबाट लडेर यस्तो भएको भन्नु भनेर आफुलाई अस्पतालमा नै दबाब दिएको पीडित महिलाले बताइन् । विवाह पछि नै श्रीमानले याताना दिन सुरु गरेपनि पछिल्लो एक महिनाको बिचमा आफुलाई यौनिक याताना दिएको उनले बताइन् । श्रीमानको हिंसा सहन नसकेपछि श्रीमान विरुद्ध उनले वैवाहिक बलात्कारमा मुद्दा दर्ता गराएकी छन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को दफा ४ र अप्राकृतिक बलात्कार गरेको अभिययोगमा संहिताको २२६ अनुसार कारबाहीको माग गर्दे प्रहरीमा जाहेरी दिएकी छन् । त्यस्तै सोही संहिताको दफा २२८ अनुसार आफुलाई श्रीमानबाट क्षतीपुर्तीको समेत माग दाबी गरेर उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले जानकारी दिए ।

मुलुकी अपराध संहिताको २१९ अनुसार ५ वर्ष सम्म कैद र २२६ अनुसार ३ वर्षसम्म कैद सजाँयको कानुनमा व्यवस्था गरिएको उनले जानकारी दिए । स्थानीय बोर्डिङमा कार्यरत पीडितको श्रीमानलाई फागुन २८ गते पक्राउ गरेर अनुसन्धान सुरु गरिएको डीएसपी काफ्लेले जानकारी दिए । साभारः राजधानीडेली डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*