प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणपछि बालुवाटार फर्किए
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार त्रिवि शिक्षण अस्पतालमा पेटबाट स्टेन्ट निकालिएको छ । गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली नियमित जाँचका लागि आइतबार अस्पताल पुगेका थिए ।
प्रधानमन्त्री ओलीको पेटबाट स्टेन्ट निकालिपछि बालुवाटार फर्किनुभएको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्गाले बताए । ओलीको स्वास्थ्य अवस्था सामान्य भएको बताउँदै उनको स्वास्थ्यलाई अझै सामान्य बताउनका लागि आरामको जरुरी भएको उनले बताए ।
मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा ९ दिनसम्म बसेका थिए । प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएपछि भेटघाटमा व्यस्त छन् । आइतबार नै ओली भारतीय प्रधानमन्त्रीले प्रस्ताव गरेको सार्क सदस्य राष्ट्रका नेताहरूबीच हुन लागेको भिडिओ कन्फरेन्समा सहभागी हुँदैछन्। उक्त कन्फरेन्समा कोरोना भाइरसविरूद्ध लड्न साझा रणनीति बनाउनेबारे छलफल हुनेछ।

बाइलाइन नेपाल











