रोनाल्डोलाई कोरोनाको संक्रमण नभएको पुष्टि

बाइलाइन नेपाल
१ चैत्र २०७६, शनिबार ०८:१५

युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको छ । कोरोनाभाइरसको संक्रमण भएको आशंकामा घरेलु भूमी पोर्चुगलमा नै ‘क्वारेन्टाइन’मा रहेका उनमा कोरोनाभाइरसको संक्रमण नभएको पुष्टि भएको हो ।

पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोमा परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नदेखिएको पुष्टि गरेका हुन् ।

’म डाटा सुरक्षाका लागि यो मुद्दाविरुद्ध कुरा गर्न सक्दिन, तर म भन्न सक्छु कि अवस्थालाई राम्रोसंग नियालिएको छ ।’ उनले भने, ’अहिले संक्रमणको कुनै सम्भावना नभएको पक्का छ ।’

क्षेत्रीय स्वास्थ्य सचिव पेद्रो रामोसले समेत यसको पुष्टि गर्दै खेलाडी र उसका परिवार दुवैमा संक्रमणको सम्भावना नभएको बताएका छन् ।

यसअघि मार्चमा नै रोनाल्डो मडेरियामा आफ्नो आमालाई भेट्न गएका थिए । रोनाल्डो आफ्नो परिवारसंग सात तले घरको माथिल्लो दुई तलामा बस्दै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*