प्रधानमन्त्री ओलीको आज डिस्चार्ज हुने

बाइलाइन नेपाल
३० फाल्गुन २०७६, शुक्रबार १६:५९

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट आजै डिस्चार्ज गरिने भएको छ।

प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्नका लागि अपराह्‍न चिकित्सकहरूको मिटिङसमेत बोलाइएको थियो। हालसम्म प्रधानमन्त्री ओलीको पूर्णस्वास्थ्य लाभपछि आज साँझ डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ।

यता प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्राडा दिव्या सिंह शाहले पनि दुई दिनअघि गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीका सबै रिपोर्ट नर्मल भएकाले शुक्रबारसम्म डिस्चार्ज गर्न सकिने बताएकी थिइन्।

प्रधानमन्त्री ओलीको १० दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। दाता समीक्षा भने बुधबार नै डिस्चार्ज भइसकेकी छिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*