कोरोनाको त्रासः सौराहा सुनसान

बाइलाइन नेपाल
२८ फाल्गुन २०७६, बुधबार ०९:२३

विश्वमा कोरोना भाइरस कोभिड–१९० को संक्रमण फैलिएसँगै यहाँको पर्यटन क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । चितवनका पर्यटन व्यवसायीहरू सरकारले राहतमुखी योजनाबारे सोच्नुपर्ने बताएका छन् । विदेशी पर्यटकहरू ह्वात्तै घटे पनि स्वदेशी पर्यटक चितवन घुम्न फाट्टफुट्ट आएका छन् । आन्तरिक पर्यटक घुम्न आएकाले मात्रै आफूहरू होटल बन्द नगरेको उनीहरू बताउँछन् ।

‘के कति असर पर्ला भनेर धेरै परसम्म सोच्न सकेको अवस्था छैन । हामीले के ठानेका छौं भने कोरोनाको प्रभाव अगस्ट ९साउन–भदौ० सम्म रहला, त्यो बेलासम्म पर्यटक नआउलान् । त्यसपछि सेप्टरदेखि पर्यटकहरू आउँछन् भन्ने हामीलाई लाग्छ’ क्षेत्रीय होटल संघ ९हान० चितवनका पूर्व अध्यक्ष सुमन घिमिरेले भने । अहिले पर्यटक नआउँदा बेहोरेको क्षति अर्को सिजनमा पर्यटक आए पूरा गर्न सकिएला भन्ने ठानेको उनले बताए ।

‘सेम्टेम्बरपछि पनि विदेशी पर्यटक आएनन् । आन्तरिक पर्यटक पनि बढेनन् भने अहिले सौराहाको मात्रै कुरा गर्दा पनि यहाँ १ सय १५ को हाराहारीमा होटल छन् । तीमध्ये कम्तीमा १५र२० वटा पर्यटकीय होटल बन्द नै हुने छन्,’ घिमिरेले भने । सेप्टेम्बरपछि डिसेम्बरसम्म र फेब्रुअरीदेखि मार्चा अप्रिलसम्म पर्यटक धेरै आउने सिजन हुन् ।

यो वर्ष सेम्टेम्बरदेखि सुरु भएको सिजनमा पर्यटकको आवागमन निकै उत्साहजनक थियो । तर अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै कोभिड–१९ को प्रकोपले चीन आक्रान्त हुन थालेपछि पर्यटक संख्या प्रभावित हुँदै गयो । सौराहामा यो समयमा चिनियाँ पर्यटक अत्यधिक आउने गर्दथे । चीनमै कोभिड–१९ को महामारी फैलिएपछि त्यहाँबाट पर्यटक आउन ठप्प भयो । त्यसैले चितवनको पर्यटकीय क्षेत्र सुनसान देखिन थाले ।

स्वदेशीको सामान्य चहलपहल

चितवन घुम्न वर्षको २ लाखको हाराहारीमा पर्यटक आउँछन् । त्यसमध्ये ९० प्रतिशत पर्यटक सौराहा पुग्छन् । पर्यटकीय सिजनमा सौराहामा राम्रै चहलपहल देखिन्छ । तर कोभिड–१९ ले विश्वमा त्रास फैलाएपछि सौराहाको पर्यटन सुस्ताएको छ । सौराहास्थित गैंडाचोकमा पूर्ण रिजालले २३ वर्षदेखि पसल चलाउँदै आएका छन् । उनले यसअघि जस्तो सुनसान सौराहा कहिल्यै नदेखेको बताए । आइतबार दिउँसो चार बजेपछि गैंडाचोकमा एउटा दम्पती सानो बालकसहित देखिए । उनीहरू ओझेल परे लगत्तै एकजना महिला र युवतीले गैंडाचोकमा रहेको गैंडाको मूर्तिलाई पृष्ठभूमिमा पारेर फोटो खिचाए । पर्यटक बोक्ने एकाध जिपहरू पनि आउने जाने गरेको नदेखिएको हैन । तर ती जिपमा पर्यटक फाट्टफुट्ट मात्रै थिए ।

‘यो त मुख्य सिजन हो नि । अघिल्ला वर्षहरूमा फागुनमा एकरदुई मिनेटभित्र सयरदुई सय पर्यटक ओहोरदोहोर गर्ने बाटो हो यो । अहिले फाट्टफुट्ट नेपाली देखिन्छन् । दुईरचार जना विदेशी पर्यटक देखिए भने पनि ऊ लौ आए आए पर्यटक भन्ने अवस्था छ,’ रिजालले भने । दिउँसोसम्म उनको पसलमा सामान खोज्दै कोही ग्राहक छिरेका थिएनन् । ‘बोहनी भएन भनौं भने एक बोतल पानी बिक्री भयो,’ रिजालले सुनाए ।

टीकाप्रसाद कँडेल निकुञ्जभित्र सञ्जाल हुने जिप सफारी निकुञ्ज सफारी प्रालिका अध्यक्ष हुन् । निकुञ्जभित्र सफारीमा १६ वटा जिप चल्छन् । एउटा जिपमा १० जना अट्छन् । ‘मे महिनासम्म अत्यधिक पर्यटक जिप सफारीमा जान्थे । यो वर्ष त ठण्डाराम छ । अहिले मुस्किलले दिनमा तीनरचारवटा जिप सफारीमा गएका छन्,’ कँडेलले भने । पर्यटकमा स्वदेशीहरू धेरै भएको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहाले दिएको जानकारीअनुसार पनि स्वदेशी पर्यटक घुम्न आएको देखिन्छ । बिदाको दिन राम्रै संख्यामा घुम्न आउने गरेका छन् । कार्यालयका प्रमुख रहेका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेका अनुसार फागुन २३ मा शुक्रबार निकुञ्ज घुम्न जानेमा स्वदेशी ३ सय ३० जना थिए भने विदेशी १ सय १२ र सार्क देशका ३९ जना थिए ।

शनिबार स्वदेशीको संख्या ८ सय ७ र आइतबार पनि ८ सयको हाराहारीमै रह्यो । विदेशी र सार्कका पर्यटकको संख्या खासै बढेन । बिदाको दिन अहिले पनि स्वदेशी पर्यटक घुम्न आइरहेका छन् । बिदा नभएका बेला यो संख्या झनै घट्छ । तर घुमेर सौराहा बास बस्नेभन्दा फर्कने धेरै रहने गरेको व्यवसायी बताउँछन् । ‘सौराहामा जे जति पर्यटक छन् अहिले स्वदेशी नै धेरै छन् । ६० प्रतिशतभन्दा बढी स्वदेशी नै छन्,’ क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरेले भने । संघका अध्यक्ष दीपक भट्टराई सौराहामा एक रातमा ६ हजार ५ सय जना बस्नसुत्न मिल्ने होटल छन् । ‘तर अहिले सरदरमा होटलका २० प्रतिशत मात्रै कोठा पर्यटकले भरिएका छन् । सामान्य अवस्थामा यो बेला ८० प्रतिशतसम्म कोठा भरिन्थे,’ अध्यक्ष भट्टराईले भने ।

राहतका कार्यक्रम माग

सरकारले पर्यटन क्षेत्रलाई राहत दिन कार्यक्रम ल्याउनुपर्ने क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराईले बताएका छन् । ‘यो समस्याबाट हरेक क्षेत्र प्रभावित छ त्यसैले सरकारले हामीलाई मात्रै हेर्नुपर्छ भन्ने माग गर्दैनौं । तर केही न केही सम्बोधन पर्यटन क्षेत्रलाई गर्नै पर्दछ,’ उनले भने । होटल सुनसान हुन थालेपछि कामदारलाई बिदा दिन सुरु गरेको उनले जनाए । २५ जनामध्ये भट्टराईले आफ्नो होटलका १२ जना कामदारलाई छुट्टी दिइसकेका छन् । सौराहाका १ सय १५ मध्ये ६५ वटा होटलले कर्मचारीलाई बिदा दिन थालेको उनले बताए ।

सौराहाका धेरै होटल बैंकको ऋणबाट सञ्चालित छन् । ‘ऋण र ब्याज मिनाहा होस् भन्दैनौं । तर ब्याज तिर्ने समयलाई पछाडि सार्नुपर्छ । ब्याज अहिले तय भएकै समयमा तिर भन्न थाल्ने हो भने धेरै होटल सञ्चालक कालोसूचीमा पर्ने खतरा छ,’ अध्यक्ष भट्टराईले भने । यसका साथै पर्यटन प्रवर्द्धनका काममा सरकारले व्यवसायीलाई सहयोग गर्नुपर्ने उनले बताए । पूर्व अध्यक्ष सुमन घिमिरे कोरोनाको घातक प्रभावबाट नेपाल जोगिएका कारण आन्तरिक पर्यटन प्रवर्द्धन गर्न व्यवसायीहरूले नै योजना बनाएर अगाडि बढ्नुपर्ने बताउँछन् । साभारः ईकान्तिपुर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*