पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

बाइलाइन नेपाल
२८ फाल्गुन २०७६, बुधबार ०९:०६

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका–१ मा रहेको बाँस्कोटाको निर्माणधीन घरमा बुधबार बिहान विष्फोट भएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार ठूलो आवाजसहित भएको थियो । भक्तपुर प्रहरीका अनुसार विस्फोटबाट बाँस्कोटाको घरको पर्खाल र सिसाहरुमा क्षति पुगेको छ भने त्यहाँ राखिएको एउटा मारुती भ्यानमा समेत क्षति पुगेको छ । विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ ।

प्रहरीले बम विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसकेको जानकारी दिएको छ । बाँस्कोटा सेक्युरिटी प्रिन्टर खरिदमा कमिशनकाण्डमा मुछिएपछि सञ्चारमन्त्रीबाट राजीनामा दिन बाध्य भएका थिए। साभारः रातोपाटी डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*