श्रीमतीले श्रीमानलाई तेजाब छ्यापेपछि…
काठमाडौंको बालाजु बस्ने २७ वर्षीय रामराजा थापामाथि उनकै पत्नीले सोमबार राति साढे १२ बजे तेजाब छ्यापेकी छन् ।
पत्नी प्रतिमा थापाले राति सुतिरहेकै बेला पति रामराजाको शरीरमा तेजाब छ्यापेकी हुन् । प्रतिमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
रामराजालाई उपचारका लागि तत्काल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएको थियो । नुवाकोट घर भई काठमाडौंको बालाजुमा बस्दै आएका रामराजा र प्रतिमाबीच ६ वर्षअघि विवाह भएको हो । रामराजाले राजधानीमा माइक्रो बस चलाउँदै आएका थिए ।

बाइलाइन नेपाल











