रजैयामा मोटरसाइकल र स्कुटर ठोक्किदा ४ घाइते, ३ जनाको अवस्था गम्भीर

बाइलाइन नेपाल
२६ फाल्गुन २०७६, सोमबार १९:०३

हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्र्तगत मनहरी गाउँपालिकाको रजैयामा मोटरसाइकल र स्कुटर ठोक्किदा ४ जना घाइते भएका छन् ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ४१ प ३३१५ स्कुटर र ना ४८ प ३५११ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेहरुको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर र एकजनाको मध्यम रहेको छ । उनीहरुको स्थित चुरेहिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय नेवारपानीमा रहेको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*