प्रम ओलीको स्वास्थ्यमा सुधार, नियमित खानपान, हिँडडूल र व्यायामलाई निरन्तरता

बाइलाइन नेपाल
२६ फाल्गुन २०७६, सोमबार १८:४७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले सोमबार एक विज्ञप्ति जारी गर्दै ओलीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार आएको जानकारी दिएका हुन् ।

उनले ओलीको नियमित खानपान, हिँडडुल र व्यापामलाई निरन्तरता दिइएको पनि जानकारी दिए ।

गत सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार सफल मिर्गौला प्रत्यारोपण भएको थियो । उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान दिएकी थिइन् ।

ओलीलाई मिर्गौला दिने संग्रौलाको स्वास्थ्यस्थिति पनि राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*