आज देशभरको मौसम सफा रहने, यस्तो छ तीन दिनको पूर्वानुमान

बाइलाइन नेपाल
२६ फाल्गुन २०७६, सोमबार ०७:३२
फाइल तस्विर

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल उल्लेखनीय मौसमी प्रणाली नभएकाले देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने भएको हो ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

फागुन २६गते (सोमबार)

दिउँसोः देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

फागुन २७गते (मंगलबार)

दिउँसोः देशभर आंशिक बदली रहनेछ । अपरान्ह पछि पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ ।

फागुन २८गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावाना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*