नेकपा हेटौंडा–५ को आयोजनामा माछाप्लान टोल कमिटी भेला सम्पन्न

बाइलाइन नेपाल
२५ फाल्गुन २०७६, आईतवार १९:२१

हेटौंडा । नेकपा हेटौडा–५ नम्बर वडा कमिटिको आयोजनामा आइतबार माछाप्लान टोल कमिटी भेला सम्पन्न भएको छ ।

नेकपा एकीकरणपछि स्थानीय तहसम्म आफ्नो संगठन विस्तार गर्ने कार्यक्रम अनुरुप भएको भेलामा नगर सचिवालय सदस्य जानकी चौधरीरीको प्रमुख आतिथ्यता रहेको थियो ।

भेलाले खोमराज श्रेष्ठको अध्यक्षतामा १५ सदस्सीय टोल कमिटि गठन गरेको छ ।

यसैगरी शनिवार हेटौंडा ५ को सिञ्चाई कुनामा समेत टोलकमिटी गठन गरिएको नेकपा ५ नं वडा अध्यक्ष देबी प्रसाद गौतमले जानकारी दिनुभयो ।

भेलामा प्रमिला केसीको अध्यक्षतामा १९ सदसीय कमिटी गठन भएको हो । शनिबार भएको भेलामा जिल्ला कमिटी सचिवालय सदस्य हरिबहादुर महत को आतिथ्यता रहेको थियो ।

शुक्रबार भित्री नवीन टोलमा भएको भेलाले भने हेमलाल सापकोटाको अध्यक्षतामा १३ सदस्यीय टोलकमिटि गठन गरेको अध्यक्ष देबीप्रसाद गौतमले जानकारी दिनुभयो ।

वडा सदस्य केशब श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा ईन्चार्ज सन्तोष पौडेल, अध्यक्ष देबीप्रसाद गौतम, नगर सदस्य विशाल महत, शिव थापा, वडा सचिवालय सदस् रुपक महत, दीलबहादुर अधिकारी भीमसेन लामिछाने, सरस्वती दाहाल, ज्ञान बहादुर थापा, भगवती बिक, पुष्प काफ्ले लगायतको उपस्थिति रहेको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*