हेटौंडेली कल्पना शर्मा यसरी बनिन् पहिलो महिला रेफ्री

बाइलाइन नेपाल
२५ फाल्गुन २०७६, आईतवार १५:४९

विस २०३९ सालतिर नेपाल महिला फुटबलको सुरुवात भयो । जति बेला अखिल नेपाल फुटबल संघको अध्यक्ष कमल थापा हुनुहुन्थ्यो । त्यति बेला उहाँले नेपालमा पनि महिला फुटबल गर्नुपर्छ भनी विभिन्न जिल्लामा सुरु गर्ने क्रममा जिल्ला जिल्लाबाट छानेर एउटा टिम हुन्थ्यो । त्यति बेला जिल्लास्तरीय नभइ अञ्चल स्तरीय खेल हुन्थ्यो जसमा हामी नारायणी अञ्चलको टिमबाट खेल्थ्यौं ।

जिल्लाबाट छनौटको लागि की त वीरगञ्ज पुग्नुपथ्र्याे की त चितवन पुग्नुपथ्यो । त्यही क्रममा हामी पनि नेपालमा महिला फुटबल खेल्न सुरु ग¥यौं । त्यति बेला भर्खर महिला फुटबलको सुरुवात भएको थियो । महिललाई अलि फरक किसिमले हेरिन्थ्यो । खेलकुद चाहिँ बिग्रेको मानिसहरु खेल्ने जस्तो सोचिन्थ्यो । खेलेर केही पनि हुन्न भन्ने मानिसहरुले सोच्थे ।

त्यतिबेला मेरो टोलमा अधिकांश दिदीबहिनीहरु फुटबल खेल्ने भएको हुँदा मैले पनि खेल्ने मौका पाएँ । तत्कालीन श्री ५ बडामहारानी ऐश्वयको जन्मोत्सवको अवरमा महिला फुटबल प्रतियोगिता हुन्थ्यो त्यहीबाट हामीले प्रतियोगितामा खेल्न सुरुवात ग¥यौं । सन् १९८९ मा भएको प्रतियोगितामा मैले राष्ट्रिय खेलाडीको रुपमा खेलेको थिएँ । त्यो भन्दा आगाडि एउटा प्रतियोगिता भएको थियो त्यसमा चाहि मैले खेलिन ।

२०४९ सालसम्म निरन्तर महिला राष्टिय प्रतियोगिताहरु भइरहन्थ्यो । पहिलो, दोस्रो, तेस्रो हुँदै राष्ट्रिय खेलकुद प्रतियोगिताहरु भइरहन्थ्यो । त्यो बाहेक पनि महिलाहरुको राष्ट्रिय प्रतियोगिताहरु हुन्थ्यो । २०४९ सालमा विराटनगरमा महिला फुटबल प्रतियोगिता भयो । त्यतिबेला मेची अञ्चल र नारायणी अञ्चल फाइनलमा पुगेको थियो ।

२०५० सालमा मैले रेफ्रीको भूमिका निर्वाह गर्ने अवसर पाएँ । लगभग ६/७ वर्ष राष्ट्रिय प्रतियोगितामा काम गर्दै गएँ । जब फिफा सुरु भयो, त्यसपछि पुरुषहरुको ए डिभिजन, बी डिभिजन खेलहरु हुँदा जिल्ला बाहिरपछि पठाइन्थ्यो । पहिला खेलाडी हुँदा आफ्नै किसिमले खेलिन्थ्यो भने जब फिफामा निर्णयकको रुपमा आफु रहेपछि क्षणिक रुपमै आफुले निर्णय दिनुपर्ने हुँदा धेरै चुनौति हुन्थ्यो । पहिलाको तुलनामा अहिले महिला रेफ्रीलाई सुविधाहरु छ तर पनि पुरुषको दाँजामा कमै छ ।

अहिले म ४७ वर्षको भए अहिले पनि देश र विदेशमा हुने महिला फुटबलसम्बन्धी हरेक क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै आएको छु । १२ वर्षको उमेरदेखि फुटबललाई आफ्नो जीवन बनाए यसै क्षेत्रमा लाग्दै आएको छु । ०५० सालमा रेफ्रीको भूमिका निर्वाह गर्ने अवसर पाए । ६÷७ वर्ष राष्ट्रिय प्रतियोगितामा रेफ्री जिम्मेवारी पूरा गरेपछि फिफा रेफ्री कोर्ष मौका मिल्यो । त्यसवेलादेखि निरन्तर रूपमा यसै क्षेत्रमा छु । पुरुषको दाँजोमा महिला रेफ्रीलाई सुविधा कम छ । ( कल्पना शर्मासंग गरिएको कुराकानीको आधारमा )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*