मृतक परिवारलाई कुखुरा व्यवसायी संघद्वारा १० लाख हस्तान्तरण
हेटौंडा। कुखुरा व्यवसायी संघ मकवानपुरले हेटौंडा- ११ का कुखुरा व्यवसायी रामेश्वर गजुरेलको परिवारलाई दुर्घटना बिमा बापतको १० लाख रकम हस्तान्तरण गरेको छ।
गत पुस २४ गते हेटौंडा ४ कान्ति राजपथमा रहेको एक हाडवेयर पसलमा प्लाइउडले च्यापेर हेटौंडा ११ डाङडुङ्गे घर भएका रामेश्वर गजुरेलको मृत्यु भएको थियो।गजुरेल कुखुरा व्यवसायी संघमा आवद्ध थिए।
शनिबार बिहान संघका अध्यक्ष राजु अधिकारी सहितको टोलीले मुतक गजुरेलको घरमै पुगेर श्रीमती भवानी गजुरेलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको थियो।

बाइलाइन नेपाल











