भीमफेदीमा चट्याङ लागेर एकजनाको ज्यान गयो
हेटौंडा । मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । शनिबार (आज) बिहान वर्षासँगै परेको चट्याङ लागेर भीमफेदी गाउँपालिका वडा नं ९ स्थित च्याउखोलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार सोही चट्याङ लागेर अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा २३ वर्षिय विजय स्याङतान रहेको प्रहरीले जनाएको छ । स्याङतानकी २२ वर्षिय श्रीमती सविता भने घाइते भएको प्रवत्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।

बाइलाइन नेपाल











