आज दिनभरी वर्षाको सम्भावना

बाइलाइन नेपाल
२४ फाल्गुन २०७६, शनिबार ०९:०४

मौसम पूर्वानुमान महाशाखाले आज दिनभरी पानी पर्ने जनाएको छ । शनिबार जारी गरेको मौसम पूर्वानुमानमा महाशाखाले देशका केही स्थानमा दिनभर वर्षाको सम्भावना रहेको जनाएको हो ।

हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । भने पश्चिमी भू–भागमा कतै सामान्य र कतै पूर्ण बदली भएको र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशको पश्चिमी भू–भागका केहि स्थानमा लगाएत मध्य र पूर्वी भूभागका थोरै स्थानमा वर्षा भइरहेको छ।

यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्, हावाहुरी, असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति पनि देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु–भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु–भागका एक/दुई स्थानमा मेघ गर्जन,चट्याङसहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*