पश्‍चिमी वायुको प्रभावले देशभर वर्षा, आज चट्याङसहित वर्षाको सम्भावना

बाइलाइन नेपाल
२४ फाल्गुन २०७६, शनिबार ०८:२८

पश्चिमी र स्थानीय वायुको प्रभावले काठमाडौंसहित देशको पश्चिमी भूभागका केही ठाउँ तथा मध्य र पूर्वी भूभागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहितको वर्षाको सम्भावना रहेको छ ।

साथै उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ। त्यस्तै शनिबार राति पनि पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै पूर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

त्यस्तै आइत्बार र सोमबार देशको पूर्वी तथा पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आउँदो २४ घण्टामा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*