३ करोड लगानीमा हेटौंडामा अस्पताल निर्माण सुरु

बाइलाइन नेपाल
२३ फाल्गुन २०७६, शुक्रबार १८:४७

हेटौंडा । हिमाल मुटु नेपालले गौतम समाजको समन्वयमा निर्माण निर्माण गर्न थालेको सामुदायीक अस्पतालको आज शुक्रबार हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गरेका छन् । ।

सिद्धस्थली सामुदायीक अस्पतालका डा. अवन गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेयर महतको प्रमुख आतिथ्यता एवम् र वडा नं ६ का अध्यक्ष अर्जुन प्रसाद चौलागाईको विशेष आतिथ्यता रहेको थियो ।

करिव ३ करोड लागतमा निर्माण हुने सामुदायीक अस्पताल हाल १८ शैयाको हुन गौतम समाजका केन्द्रीय सदस्य अभिमन्यू गौतमले बताउनुभयो । कार्यक्रममा बोल्दै मेयर महत र वडाअध्यक्ष चौलागाईले अस्पतालले आमजनताको स्वास्थ्यमा सकरात्मक भूमिका खेल्ने बताउदै खुशी ब्यक्त गरे ।

कार्यक्रममा केन्द्रीय सचिव गोमा गौतम स्थानीय ब्यक्ति तथा सरोकारवालाको उपस्थिति रहेको थियो । हेटौंडा ६ मा निर्माण हुने सामुदायीक अस्पताल आगामी वर्षभित्रै सञ्चालनमा ल्याईने गरि तीब्र तयारी गरिएको सचिव गौतमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*