विद्यालय बन्द गर्ने निर्णय भएको छैन, एसईई तोकिएको समयमै हुन्छ : शिक्षा मन्त्रालय

बाइलाइन नेपाल
२३ फाल्गुन २०७६, शुक्रबार १८:०१

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले विद्यालयहरु बन्द गर्ने निर्णय नभएको स्पष्ट पारेको छ ।

शिक्षा मन्त्रालयले विश्वव्यापी बनिरहेको कोरोना भाइरस संक्रमणलाई लिएर नेपालमा परीक्षाहरु स्थगित भएका, विद्यालय बन्द हुनथालेका भनी आएका सूचना तथा समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा ९एसईई० स्थगित भएको भनी आएका सूचनाको पनि खण्डन गरेको छ ।

मन्त्रालयका अनुसार चैत ६ देखि हुने गरी यसअघि नै तय भएको एसईई परीक्षा यथावत् समयतालिका अनुसार सञ्चालन हुने छ ।

मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘चैत ६ देखि तय भएको एसईई परीक्षा यथावत् सञ्चालन हुनेछ।’

त्यस्तै मन्त्रालयले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने सूचना गलत भएको भन्दै भ्रममा नपर्न अपिल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*