श्रृंखलाले निर्माण गरेको स्वास्थ्य चौकी अवलोकन गर्न मकवानपुरको कैलाश पुग्यो मिस वल्र्डसहितको टोली

बाइलाइन नेपाल
२३ फाल्गुन २०७६, शुक्रबार १७:१०

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा मिस वल्र्ड टोनी एन सिंह, मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकको टोली पुगेको छ ।

मिस नेपाल २०१८ कि बिजेता श्रृंखला खतिवडाले कैलाशको तामलाङमा निर्माण गरेको स्वास्थ्य चौकी अवलोकन गर्न मिस वल्र्डसहितको टोली शुक्रबार पुगेको हो । मिस वल्डसहितको पाहूनाहरु तामलाङ पुग्दा कैलाश गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयबासिन्दाहरुले स्वागत गरेका थिए ।

मिस वल्र्ड च्याम्पियनमा नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी खतिवडाले ब्युटी अफ पर्पज बिधा जित्न सफल भएको स्वास्थ्य चौकीको मिस वल्डका आयोजकहरुलाई अवलोकन गर्न कैलाश आएका हुन् । स्वाथ्यचौकीको अवलोकनपछि अवलोकनपछि मिस वल्र्डकी अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेकी छिन् ।

कैलाश गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा मिस वल्र्डकी अध्यक्ष मोर्लेले २०१८ को मिस वल्र्डमा ब्युटी पर्पज जित्न सफल भएको स्थानमा पुग्न र देख्न पाएकामा खुसी व्यक्त गरिन् ।

कार्यक्रममा बागमती प्रदेश सांसद मुनु सिग्देल, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट लगायत जनप्रतिनिधिहरु र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

मिस वल्र्ड र मिस वल्ड आयोजक संस्थाको टोली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणालाई स्विकार्दै उनीहरू ३ दिनका लागि नेपाल भ्रमणमा आएका हुन् ।

दि हिडन ट्रेजरले आफ्नो २५ औं वार्षिकोत्सव र ‘भिजिट नेपाल २०२०’ को उपलक्ष्यमा मिस वर्ल्ड टोनी र अध्यक्ष जुलियालाई नेपाल भ्रमणका लागि निम्तो दिएको थियो । मिस वर्ल्ड आयोजक संस्था र दि हिडन ट्रेजरको सहकार्यको २३ वर्षमा पहिलो पटक यो भ्रमण हुन लागेको हो । उनीहरू ५ मार्चदेखि ७ मार्चसम्म नेपाल भ्रमणमा रहने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*