सरकारसँग कर्मचारीको मागः विदेश भ्रमण,शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने

बाइलाइन नेपाल
२३ फाल्गुन २०७६, शुक्रबार १५:२४

हेटौंडा । बागमती प्रदेश सरकारसँग कर्मचारीले विभिन्न माग राख्दै आज ज्ञापनपत्र बुझाएका छन् । बाग्मती प्रदेशका प्रमुख सचिव तोयम रायमार्फत् मुख्यमन्त्री डोरमणि पौडेललाई नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती बाग्मती प्रदेर्श कमिटीले ज्ञापनपत्र बुझाएको हो ।

संगठनले बmुभएको ज्ञापनपत्रमा समक्ष निजामती कर्मचारीहरुले विदेश भ्रमणमा जान पाउनु पर्नेदेखि आफ्ना छोराछोरीको शिक्षा र स्वास्थ्यको व्यवस्थाको लागि राज्यले जिम्मेवारी लिनुपर्नेसम्मका माग रहेका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती बागमती प्रदेशका अध्यक्ष पुरुषोत्तम रायमाझीको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा ३५ बुँदे माग रहेका छन् ।

संगठनले संघीय सरकारले प्रदान गर्ने तालिम भ्रमण, वैदेशिक तालिम भ्रमणमा कर्मचारी पठाउँदा संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई पनि समानुपातिक रुपमा छनौट गर्नुपर्ने, निजामती कर्मचारीहरुको सन्नतीको लागि शिक्षा र स्वास्थ्यको जिम्मेवारी संघीय, प्रदेश सरकार र स्थानीय सरकारले लिने व्यवस्था गर्न माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*