कोरोनाको त्रासले परीक्षा रद्ध गरेर विद्यालय बन्द (सूचनासहित)

बाइलाइन नेपाल
२३ फाल्गुन २०७६, शुक्रबार १४:३४

कोरोना भाइरसको प्रकोप बढ्दै गएको भन्दै कैलालीस्थित धनगढी नगरपालिकाका विद्यालयहरु बन्द गरिएका छन् । धनगढी उपमहानगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म फागुण २५ गतेदेखि सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

नगर प्रमुख नृपबहादुर वडद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नोबेल कोरोना भाइरसको प्रकोप दिन प्रतिदिन फैलिँदै गएकोले सो अवस्थाबाट जोगिन शिक्षा सरोकारलासँगको मिति २०७६ साल फागुन २३ गते बसेको बैठकको निर्णयअनुसार यस धनगढी उपमहानगरपालिका अन्तरगत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायत सम्पूर्ण शिक्षण संस्थाहरुमा सञ्चालन हुने आधारभूत तह अन्तिम परीक्षा तथा विद्यालयहरुको आन्तारिक वार्षिक परीक्षा र विद्यालयको सम्पूर्ण पठनपाठनका क्रियाकलापहरु अर्को सूचना जारी नभएसम्मका लागि मिति २०७६ साल फागुण २५ गतेदेखि लागू हुनेगरी बन्द गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*