गगन थापाद्वारा संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश, भन्छन्– कोरोनाबारे भयवित नबनौं, सचेत रहौं

बाइलाइन नेपाल
२३ फाल्गुन २०७६, शुक्रबार १३:०९

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाभाइरसबाट बच्न सबै सचेत हुनुपर्ने बताएका छन् । उनले कोरोनाभाइरसबाट तर्सिन नभइ सचेत हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा शुक्रवार कोरोना भाइरसबारे सार्वजनिक महत्वको प्रस्ताव गर्दै सांसद थापाले नेपालमा अहिलेसम्म संक्रमणको दुःखद् घटना सुन्नु नपरेको सुखद् अवस्था रहेको तर यो सुखद अवस्था सधै रहन्छ ? भन्दै प्रश्न गरेका छन् ।

उनले अहिले नेपालका लागि पूर्व तयारी गर्ने अवसर भएको र त्यस अनुसार का गर्नुपर्ने बताएका छन् । उनले सरकार एक्लैले मात्र होइन तीनै तहको सरकार र समुदायपनि सचेत हुनुपर्ने र मिलेर अघिबढ्नु पर्ने बताए । उनले सरकारले केही काम गरेको भएपनि पर्याप्त नभएको बताए ।

उनले कोरोना भाइरस संक्रमण रोकथाम र पूर्वतयारीका लागि सरकारले उपप्रधानमन्त्रीको संयोजकत्वमा समिति गठन भएको र त्यसलाई सहयोग गर्नेगरि संसदमा पनि विशेष समिति बनाइनु पर्ने बताए । उनले कोरोनाबारे एकै प्लेटफर्मबाट सूचना र जानकारी आउनुपर्ने बताए ।

टेकुस्थित शुक्रराज ट्रफिकल अस्पतालबाट मान्छे भागेको समाचार आएको भन्दै थापाले आइसोलेसन बेड राम्रो बनाउनुपर्ने बताए । सस्तो मूल्यमा पनि आइसोलेसन वार्ड बनाउन सकिने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*