बकैयामा रोकिएन अवैद्य उत्खननः एक्साभेटर र टिपर नियन्त्रणमा

बाइलाइन नेपाल
२३ फाल्गुन २०७६, शुक्रबार ०८:४१

हेटौंडा । अवैद्य रुपमा खोला उत्खनन गरेको आरोपमा डिभिजन वन कार्यालय मकवाानपुरले एक्साभेटर र टिपर नियन्त्रणमा लिएको छ ।

मकवानपुरको वकैया गाउँपालिका–७ बकैया र सिमात खोलाको दोभानमा क्षेत्रमा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा एक्साभेटर र टिपर नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेलले जानकारी दिए ।

वन कार्यालय मकवानपुरबाट खटिएको कर्मचारीहको गस्ती टोलीले ढुङ्गा गिट्टी बालुवाको अवैध उत्खनन गरिरहेको अवस्थामा एक्साभेटर र टिपर नियन्त्रणमा लिइएको जनाइएको छ ।

खोला उत्खन गर्ने बा. २ क ९२३१ नम्बरको एक्साभेटर र बा. २ क ६६६२ नम्बरको टिपर नियन्त्रणमा लिइएको पौडेलले जानकारी दिए । नियन्त्रणमा लिईएको सवारीका साधन र त्यसका धनीलाई कानून अनुसार कार्बाही गरिने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*