८० रुपैयाँ पर्ने माक्स ४५० मा किनबेच !

बाइलाइन नेपाल
२३ फाल्गुन २०७६, शुक्रबार ०८:०२

कोरोना भाइरसको सम्भावित संक्रमणाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ।

मास्कको कालोबजारीका कारण पोखरा र नेपालगञ्जका बजारमा अस्वाभाविक मूल्य तिर्नु परेको गुनासो उपभोक्ताले गरेका छन्।

माग बढेसँगै औषधि पसलेले अस्वाभाविक मूल्य बढाएर बेच्न थालेका हुन्। कृत्रिम अभाव सिर्जना गरी महँगोमा मास्क बेचेर रातारात पैसा कमाउने व्यापारीको समूह यस धन्दामा लागेको समाचार नागरिक दैनिकमा छ।

पोखराका औषधि पसलेले १० रुपैयाँ पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई ४५० मा बिक्री गरेको पाइएको छ। बढी मूल्य लिएर मास्क बेच्ने औषधि पसल स्थानीय प्रशासनले बन्द गरेको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार अनुगमन टोलीले पोखराको अस्पतालचोकस्थित परी फार्मेसी, महेन्द्रपुलस्थित स्याङ्जा मेडिकल हल र पस्र्याङस्थित अजिश मेडिकल फर्मामा छापा मारेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*