दोलखामा ४.३ म्याग्निच्युडको भूकम्प
बाइलाइन नेपाल२१ फाल्गुन २०७६, बुधबार २०:१८
दोलखामा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
दोलखाको सिंगाटीमा बुधबार साँझ ७:१७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
विस २०७२ को महाभूकम्पपछि सना-ठूला पराकम्पहरु जानेक्रम जारी छ ।
यसअघि फेब्रुअरी २० मा पनि बाजुरा र हुम्लाको सिमानामा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सन् २०२० को यो दोस्रो पटकको भूकम्प हो ।













