कोरोनाले महिला दिवसको कार्यक्रम स्थगित

बाइलाइन नेपाल
२१ फाल्गुन २०७६, बुधबार ११:५३

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा गर्न लागेको कार्यक्रम स्थगित भएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर दिवसका अवसरमा गर्न लागिएका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको मन्त्रालयकी शाखा अधिकृत वष्टिका गिरीले बताएकी छन् ।

महिला दिवस मार्च ८ का दिन मनाइन्छ । दिवसका अवसरमा हरेक वर्ष कार्यक्रम गर्दै आएको मन्त्रालयले यस वर्ष पनि र्‍यालीसहितको साझा अभियान कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो ।

कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले भेला, जमघटलगायतका कार्यक्रम नगर्न आग्रह गरेको छ । सरकारको यस्तो आग्रहपछि दल तथा संघ–संघ संस्थाहरूले धमाधम आफ्ना घाेषित कार्यक्रम स्थगित गरेका छन् । सत्तारूढ नेकपाले मंगलबार र बुधबार झापामा तय गरेको २ कार्यक्रम स्थगित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*