प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि बिहान ९ बजेदेखि

बाइलाइन नेपाल
२० फाल्गुन २०७६, मंगलवार १७:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि दुई जना भारतीय चिकित्सक नेपाल आउने भएका छन् ।

भारतीय चिकित्सक प्रा डा अनन्तकुमार र अर्का एक जना मंगलबार साँझसम्म नेपाल आइपुग्ने टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले जानकारी दिए ।

उनका अनुसार मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा डा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गर्नेछन् ।

ज्ञवाली नेतृत्वको टीमले प्रधानमन्त्री र शर्मा नेतृत्वको मिर्गौला दान दिने समीक्षा संग्रौला ज्ञवालीको शल्यक्रिया गर्नेछ । प्राडा ज्ञवालीको ‘ब्याक सपोर्ट’मा भारतीय चिकित्सक अनन्तकुमार रहनेछन् ।

ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा अनन्तकुमारले नै गरेका थिए ।

यसैबीच प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजेदेखि सुरु गर्ने तयारी भएको छ । बेलुका भारतीय चिकित्सक समेत आइपुगेपछि सबै चिकित्सकको टीम बसेर छलफल गरी अन्तिम निर्णय गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*