गाँजा खेतीलाई नियमन गर्ने विधेयक वाग्मती प्रदेशसभामा पनि दर्ता

बाइलाइन नेपाल
२० फाल्गुन २०७६, मंगलवार १५:११

गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक वाग्मती प्रदेशको प्रदेशसभामा साेमबार दर्ता भएको छ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभामा दर्ता भर्एको भोलीपल्ट सो विधेयक प्रदेशसभामा पनि दर्ता भएको हो ।

प्रदेश सांसद केशव स्थापितले गैरसरकारी विधेयकको रुपमा सो विधेयक दर्ता गरेका हुन्। प्रदेशसभा सचिवालयमा सो विधेयक ५३ नम्बरमा दर्ता भर्एको छ।

स्थापितले औषधिको रुपमा प्रयोग गर्न सकिने गाजालाई आम्दानीको स्रोत बनाउने बाटो खुल्ला गर्न विधेयक दर्ता गरेको जानकारी दिए। ‘गाजालाई औषधिको रुपमा नै प्रयोग गर्न सकने विश्व स्वास्थ्य संगठनले प्रमाणित गरिसक्यो। हाम्रो देशमा अझै प्रतिवन्धित अवस्थामा छ,’ स्थापितले भने, ‘अब यसलाई आन्दानीको स्रोतका रुपमा प्रयोग गर्नुपर्छ। त्यसका लागि हाम्रो प्रयास हो।’

विधेयक संघीय र प्रदेश सांसदको ५ महिनाको गृहकार्यपछि तयार भएको स्थापितले बताए।वाग्मती प्रदेश सचिवालयमा दर्ता भएको यो ५३ औं विधेयक हो। साभारः ईकान्तिपुर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*